• Wednesday 7th of October 2026

काठमाडौंको चुनीखेल नयाँबस्तीमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं- बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ ।

मंगलबार राति पौने ११ बजेतिरदेखि शुरू भएको आगो निभाउन करिब ३ घण्टा लागेको थियो । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो । आगो लागे लगत्तै ७ जनालाई उद्धार गरिएको थियो ।

आगलागीका कारण २४ परिवार विस्थापित भएका छन् । आगोले लामो टहरा र त्यहाँ रहेका सरसामान सबै जलेर नष्ट भएका वडाअध्यक्ष टीकानारायण श्रेष्ठले बताउनुभयो । उहाँले विस्थापितलाई नजिकैका अरु टहरामा राखिएको बताउनुभएको छ ।

उनीहरुलाई खाद्यान्न र लत्ताकपडा लगायतका राहत उपलब्ध गराउने तयारी भइरहेको छ । बिजुली सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन भने बाँकी रहेका प्रहरीले बताएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖