काठमाडौ । सवारी दुर्घटनामा परी रुपन्देहीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।
आसन्न निर्वाचनका लागि म्यादी प्रहरीमा छनौट भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोनहियाका २५ बर्षीय बाबुराम यादवको ज्यान गएको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल -भैरहवा सडक खण्डको कोटिहवामा यादवले चलाएको मोटरसाइकल सडक किनारको डिभाइडरमा ठोक्किएको थियो । म्यादी प्रहरीको नियुक्ति बुझेर दुई दिन तालिमसमेत लिएका यादवले दुई साथीसँग सोमबार पार्टी गरेका थिए ।
हिजो बिहान बुटवलबाट भैरहवा आउँदै गर्दा उनी सवार लु ४६ प ३३९ नं. को मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
