• Thursday 8th of October 2026

मृत भेटिए युवक


  • धनकुटा खबर
  • .

डोटी । जिल्लाको शिखर नगरपालिका–११ बारबाटा बस्ने २४ वर्षीय सन्तोष रोकाया मृत अवस्थामा फेला परेका छन्।

मंगलबार शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनस्थित मामाघरबाट घर जान्छु भनी हिँडेका थिए। तर घर नपुगेपछि परिवार तथा आफन्तले खोजतलास सुरु गरेका थिए।

खोजी गर्ने शिखर नगरपालिका–८ गोल्मागाडस्थित खोलाको किनारमा पानीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖