• Wednesday 7th of October 2026

जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव जोशीको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । बैतडीको पुर्चौडीबाट बझाङतर्फ गइरहेको जन्ती बोकेको बस दुर्घटना एक जना वडा सचिवको मसेत निधन भएको छ।

पुर्चौडी नगरपालिका–७ बडचौरमा भएको उक्त दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीको पनि मृत्यु भएको हो।

प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउने बसन्तराज जोशी बझाङको बित्थडचिर गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका कार्यालयमा पशु सेवा शाखामा नायब प्राविधिक सहायक (ना.प्रा.स.) पदमा कार्यरत थिए।

जोशीले शैल्यशिखर नगरपालिका–१ बलाँचको वडा सचिवको जिम्मेवारी समेत सम्हालिरहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖