• Wednesday 7th of October 2026

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा चार हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँ पुगेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार तोलामा चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖