• Thursday 26th of November 2026

झापाबाट आउने युवतीलाई काठमाडौँमा कुरेर बसेका थिए दुई युवक, उनी त आइनन् तर कुरेर बसेको ठाउँमा आइपुग्यो प्रहरी !


  • धनकुटा खबर
  • .

काठमाडौ । केहि अगाडी काठमाडौँ आउँदै गरेकी एक युवतीलाई झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट एक युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। सुरुवालका गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खै#रो हि#रो#इन फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

नियन्त्रणमा लिइएकी हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा थिइन्।

लगत्तै प्रहरीले थप अनुसन्धान अगाडी बढायो। बयानका क्रममा उनले काठमाडौँमा आफूलाई दुई जनाले कुरिरहेको बताइन्। उनको बयान पछि यता प्रहरीको अर्को टोली काठमाडौँमा खटियो।

उनकै बयानका आधारमा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङ समातिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖