सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका एक युवक मृत अवस्थामा फेला परेका छन् । २० वर्षीय युवक अनिल महतो पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
ग्त सोमबार रातिदेखि बेपत्ता भएका उनी बुधबार बिहान आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको पोखरीमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार, सोमबार राति घरबाट निस्किएका अनिल मंगलबारसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो ।
खोजी गर्दा फेला नपरेपछि मंगलबार प्रहरीमा निवेदन दिइएको थियो ।
