• Wednesday 7th of October 2026

मोबाइल चोर्दै प्रहरीलाई बुझाउँदै पुरस्कार कुम्ल्याउने व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

टोकियोमा एक ५७ वर्षीय पुरुषलाई चोरी र ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिचुयोशी नाकाई रहेका छन्, जसले रेस्टुरेन्टमा मानिसहरूका मोबाइल चोरेर ‘भेटिएको सामान’ भन्दै प्रहरीलाई बुझाउने गरेका थिए।

सन् २०२५ अक्टोबरमा उनले एक रेस्टुरेन्टबाट मोबाइल चोरी गरी प्रहरी चौकीमा बुझाएर पीडित व्यक्तिबाट ५,००० येन पुरस्कार स्वरूप लिएका थिए।

अचम्मको कुरा त के छ भने, पैसा लिएपछि उनले पीडितलाई ‘मोबाइल हराउन नदिन झोलामा राख्नु’ भन्दै सल्लाह समेत दिएका थिए। प्रहरी अनुसन्धानका अनुसार नाकाईले अहिलेसम्म ६० पटकभन्दा बढी ‘हराएको सामान’ प्रहरीमा बुझाएका छन् र १४ जनाबाट पुरस्कार रकम असुल गरिसकेका छन्।

उनले भने आफूले सडकमा भेटिएको सामान मात्र बुझाएको र पुरस्कार पाउनु आफ्नो कानुनी अधिकार भएको भन्दै आरोप अस्वीकार गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖