• Wednesday 7th of October 2026

खतरनाक खोपडी’ समूहका २५ युवा पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत—वीरेन्द्रनगरमा मोटरसाइकल आतंक मच्चाएको आरोपमा प्रहरीले ‘खतरनाक खोपडी (द ड्यान्जरस स्कूल)’ नामक युवा समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ती युवाहरूले प्रशासनको अनुमति नलिई मोटरसाइकल र्‍याली निकाल्दै सार्वजनिक शान्ति खलल पुर्‍याउनुका साथै आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सुरक्षामा बाधा पुग्ने गतिविधि गरेका थिए।

कालो–सेतो झण्डा बोकेर हो–हल्ला गर्दै मोटरसाइकल र्‍याली निकालिरहेको अवस्थामा शनिबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिक तीनकुने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उक्त समूह धुलियाबिटतर्फ जाँदै गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ती युवाहरूले निर्वाचन आचारसंहिता तथा निर्वाचनसम्बन्धी कानुनले निषेध गरेका गतिविधि गरेको पाइएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले ८ वटा मोटरसाइकल र ४ वटा स्कुटरमा सवार २५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका युवाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖