झापामा घाम उदाउनुअघि नै जनताको घरदैलोमा झुल्किन थालेका बालेन शाह आज कमल गाउँपालिका–३ को सिङ्गा देवी मन्दिरमा स्थानीयसँग भेटघाटमा देखिए।
चुनाव नजिकिँदै जाँदा सिंगो देशको नजर झापामा केन्द्रित छ ।
र भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेनको बढ्दो क्रेजले उनका प्रमुख प्रतिस्पर्धी केपी शर्मा ओलीमाथि राजनीतिक दबाब बढाइदिएको विश्लेषण भइरहेको छ ।
