• Wednesday 7th of October 2026

सनम हत्या तथा ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई थप १० वर्ष कैद


  • धनकुटा खबर
  • .

विराटनगर । उच्च अदालत विराटनगरले सनम शाक्य हत्या र सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाएको छ।

यसअघि कर्तव्य ज्यान मुद्दामा जन्मकैद पाइसकेका गोरेले अब थप सजाय भोग्नुपर्नेछ।

अन्य केही अभियुक्तको सजाय घटाइएको छ भने संगठित अपराध र भन्सार चोरी मुद्दामा प्रमाण नपुगेको ठहर गर्दै पूर्वप्रहरी अधिकारी र व्यापारीहरूलाई सफाइ दिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖