• Wednesday 7th of October 2026

३ दिन अघि मात्रै अस्ट्रेलिया पुगेकी महिलाको कारको ठक्करबाट मृत्यु


  • धनकुटा खबर
  • .

अस्ट्रेलियामा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ। अष्ट्रेलियाको पर्थमा शुक्रबार राति अनियन्त्रित भएर कार घरभित्र पस्दा नेपाली महिलाको मृत्यु भएको हो।

अस्ट्रेलियाको सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङको मृत्यु भएको हो। विष्णुकुमारी नेपालबाट घुम्न तिन दिन पहिलेमात्रै अष्ट्रेलिया पुगेकी थिइन्। उनी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्।

उनी घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन्। कार ठोक्किएर घरभित्रै छिरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। आइतबार सञ्चारमाध्यमसँग कुरा गर्दै मृतककी छोरी निशा गुरुङले आफूहरू गहिरो शोकमा रहेको बताइन्। प्रहरीले शनिबार कार चालकलाई पक्राउ गरेको छ । तर उनलाई केही नभएको सञ्चारमाध्यममा उल्लेख गरिएकाे छ। कार ३६ वर्षीय केउडेल निवासी राइस हकिन्सकले चलाएका थिए ।

प्रहरीका अनुसार, दुर्घटनापछि ३६ वर्षीय केउडेल निवासी चालकलाई पक्राउ गरी मानव वध (manslaughter) को आरोप लगाइएको छ र अदालतले जमानत अस्वीकार गरेको छ। अर्को सुनुवाइ फेब्रुअरी १८ मा तोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖