काठमाडौ । काठामाण्डौबाट ओखलढुंगाको रगनी पोल्थली तर्फ आउँदै गरेको ९९७५ नम्बरको अरनीको यातायातको बस मन्थली नगरपालिका ६ मा दुर्घटनाग्रस्त भएको छ ।
बस तामाकोशीमा डुवेको छ । बसमा कति प्यासेन्जर थिए भन्ने यकिन हुन बाँकी छ ।
अरनीको यातायात चावहिल काउन्टरका इन्चार्ज रमेश गिरीका अनुसार चावहिल काउन्टरबाट ३ जना रामेछाप जिल्लाका नागरिकले र जडीबुटी काउन्टरबाट ५ जना पोल्थली लगायतका ठाउँका नागरिकले टिकट लिएका छन् ।
तर विचबाटोबाट भने कति प्यासेन्जर चढेका थिए यकिन तथ्याँक छैन ।
