• Wednesday 7th of October 2026

यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू [सूचीसहित]


  • धनकुटा खबर
  • .

काठमाडौ । मंगलबार तामाकोशी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

रामेछापको मन्थली नगरपालिका-६ स्थित बेनीघाट पुलनजिक तामाकोशी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसेढाँडे भएर ओखलढुङ्गा जाँदै गरेको बा.प्र ००१-०५ ख ९९७५ नम्बरको यात्रुबस बिहान १०:४० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनाको घटनास्थलमै मृत्यु भएको रापेछापका प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖