• Wednesday 7th of October 2026

बस दुर्घटना अपडेट : बस चालक प्रहरीको नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । रामेछापको सेलेघाटमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशीमा खसेको थियो । मृत्यु भएका ११ जनाको सनाखत भएको छ । एक जनाको पहिचान खुलेको छैन ।

दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका –११ घर भएका चालक ३१ वर्षीय सुशान्त थापामगरलाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । चालकको मेरुदण्डमा चोट लागेको थियो । उनलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖