• Wednesday 7th of October 2026

दार्चुला ह’त्याकाण्ड: कान्छी श्रीमती जिस्काएको निहुँमा प्रहरी हवलदार घर्ती ह’त्या आ’रोपमा ३ प’क्राउ, ४ फरार


  • धनकुटा खबर
  • .

दार्चुलाको महाकाली नगरपालिका–४ मा नेपाल प्रहरीका हवलदार योगेन्द्र घर्तीको ह’त्या आ’रो’पमा प्रहरीले तीन जनालाई प’क्रा’उ गरेको छ भने अन्य चार जना फरार रहेका छन्।

घ’ट’नामा संलग्न रहेको आशंकामा महाकाली–४ निवासी २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई प’क्रा’उ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार घ’ट’नामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना भने फरार छन्।

फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र श’व व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन्।

प्रहरीका अनुसार प’क्रा’उ परेकी दिपिका आशिक पालकी कान्छी श्रीमती हुन्।प्रारम्भिक अनुसन्धानमा बियर बारमा कान्छी श्रीमतीलाई जिस्काएको विषयमा वि’वा’द हुँदा हवलदार घर्तीमाथि कु’टपि’ट भएको खुलेको छ।

प’क्रा’उ परेकाहरूले आशिक पाल र उनका भाइले कु’टपि’ट गरी ह’त्या गरेको बयान दिए पनि त्यसको थप परीक्षण भइरहेको प्रहरीले जनाएको छ।एसएसपी विष्टका अनुसार घर्तीको टा’उकोमा धा’रिलो ह’ति’यार प्र’हा’र गरिएको पाइएको छ।

फरार आ’रो’पीको खोजी कार्य तीव्र पारिएको र घ’ट’नाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖