• Wednesday 7th of October 2026

महाशिवरात्रिमा पशुपति क्षेत्रमा १३८ जना नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पाकेटमार्ने, धकेलाधकेल गर्ने, उच्छृङ्खल गतिविधि तथा गाँजा सेवन गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो।

महाशिवरात्रिमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।

आइतबार बिहानैदेखि दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖