• Wednesday 7th of October 2026

शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल


  • धनकुटा खबर
  • .

बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो ।

नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖