• Wednesday 7th of October 2026

शिवरात्रिको दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । शिवरात्रिको दिन पशुपति क्षेत्रमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् ।

शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि हातपाट गरेका थिए । प्रहरीमाथि हातपात गरेको भिडिओ भाइरल भएपछि प्रहरीले उक्त व्यक्तिको पहिचानको लागि सर्वसाधरणसँग सहयोग मागेको थियो ।

श्रेष्ठलाई बालाजुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए । शिवरात्रिको दिन केटी जिस्काएको भन्दै प्रहरीले उनलाई सम्झाउन खोज्दा उल्टै प्रहरी जवानलाई लाती हानेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖