• Wednesday 7th of October 2026

१९ वर्षकी सुनिता र २६ का भुवन मिलेर कीर्तिपुरमा ‘धुम’ नै मच्चाए


  • धनकुटा खबर
  • .

काठमाडौ । चोरीमा सक्रिय युवा-युवतीलाई प्रहरीले कीर्तिपुरबाट नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकाहरुमा काभ्रेपलान्चोक, चौंरीदेउराली-८ घर भई हाल कीर्तिपुर-४ बस्ने २६ वर्षका भुवन प्रधान र रामेछाप, मन्थली-८ घर भई हाल कीर्तिपुर-४ बस्ने १९ वर्षकी सुनिता बस्याल रहेकी छन्।

के हो घटना ?

फागुन ३ गते दिउँसो करिब ४:४५ बजे चम्पादेवी बसपार्क नजिकैको एक घरमा चो#री भएको थियो। घर फोरेर उनीहरु ‘धुम’ शैलीमा मोटरसाइकलमा भागेका थिए।

घटना लगत्तै प्रहरी अनुसन्धानमा जुटेकोमा उनीहरुलाई फागुन ४ गते नियन्त्रणमा लिन सफल भयो। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖