काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अस्वस्थ भएपछि बिहीबार राति सुर्खेतबाट काठमाडौं फर्किएका छन् ।
रास्वपा सभापति रविसँगै दाङको कार्यक्रममा सहभागी हुने पूर्वयोजना रहे पनि स्वास्थ्यमा समस्या देखिएपछि उनी बेलुकी जहाजमार्फत काठमाडौं फर्किएका हुन् ।
