• Wednesday 7th of October 2026

रास्वपाका वडा सभापतिले छाडे रवि-बालेनको साथ


  • धनकुटा खबर
  • .

नवलपरासी । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले धमाधम पार्टी परित्याग गरिरहँदा एक वडा सभापतिले पनि राजीनामा दिएका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पार्टी छोडेका हुन् ।

जिल्ला सभापतिलाई राजीनामा पत्र बुझाउँदै उनले विशेष कारणबस् राजीनामा दिनुपरेको बताएका छन् । ‘विभिन्न कारणले गर्दा म वडा सभापति जितबहादुर हरिजनले पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’,राजीनामा पत्रमा उल्लेख छ ।

हरिजन रास्वपाको प्रथम वडा अधिवेशनबाट वडा नम्बर १३ को सभापति पदमा निर्वाचित भएका थिए । रास्वपाको बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले हिजो साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖