• Wednesday 7th of October 2026

गोदावरीमा भयानक दुर्घटना, धनगढीका ओली सहित ३ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ७ बजेतिर सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्काे मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका -२ सन्ताेशी टाेल बस्ने २२ वर्षीय हरिश ओली, गाैरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय याेगेन्द्र शाह र गाेदावरी नगरपालिका-१ बस्ने २६ वर्षीय हरि पार्कीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गोदावरी नगरपालिका–६ बस्ने २३ वर्षका जीवन पाठक गम्भीर छन् ।

उनकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ । दुई माेटरसाइकल आपसमा कसरी ठाेक्किएका थिए ? भन्ने कुरा यकिन भने भइनसकेकाे प्रहरीले जनाएको छ ।

मृतक र घाइते काे कुनमा सवार थियाे ? भन्ने कुरा पनि नखुलेको प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖