• Wednesday 7th of October 2026

काठमाडौँको रानीवारिबाट १८ तोला सुन चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित रानीवारिमा रहेको एउटा घरबाट ठुलो परिमाणमा सुनका गहना चोरी भएको छ ।

रानीवारि स्थित सरकारी धारामा बस्ने ३५ वर्षीया कालिका रोका मगरको डेराबाट सुन र नगद सहित करिब ५६ लाख ५० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घरमा कोही नभएको मौकामा शनिवार दिउँसो सुन चोरी भएको हो ।

घटनाबारे प्रहरी वृत्त सोह्रखुट्टले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖