नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं–६ का पूर्व वडाअध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल तथा नेता बामदेव गौतमले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गरे।
