सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहा ले कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टी मा तीन महिनाअघि भएको डकैती घटनामा संलग्न रहेको आरोपमा एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।
गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरबाट करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटेको थियो। गोली चल्दा दुई जना गम्भीर घाइते भएका थिए।
प्रहरीले पक्राउ परेकाबाट दुई कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो पदार्थ र मोबाइल बरामद गरेको जनाएको छ। रमेशबहादुर पाल का अनुसार डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध मुद्दामा अनुसन्धान जारी छ।
