• Wednesday 7th of October 2026

तीन जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा काठमाडौं, गोरखा र भक्तपुरमा तीन जना मृत अवस्था फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–७, गौरीघाट सेन्टलरेन्ज कलेज नजिकै खाली जग्गामा अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी गोरखाको गण्डकी गाउँपालिका-४ दिपा पहरास्थित बुढीगण्डकी नदीमा अन्दाजी ४० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

भक्तपुरको भक्तपुर नगरपालिका-६ डेकोचा पनि बस्ने ४२ वर्षीय प्रकाश नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले यी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖