• Wednesday 7th of October 2026

विदेशबाट सधैंका लागि नेपाल फर्केका राजनकुमारको आफ्नै श्रीमती बनिन् ‘काल’, सुतेकै ठाउँमा खुर्पाले छप्काइन् !


  • धनकुटा खबर
  • .

आफ्नै श्रीमानको ज्यान लिएको आरोपमा प्रहरीले मोरङबाट नियन्त्रणमा लिएको छ। ३६ वर्षीय राजनकुमार अधिकारीको ज्यान लिएको आरोपमा प्रहरीले पत्नी रन्जना कार्कीलाई सुन्दरहरैँचा नगरपालिका-९ बाट नियन्त्रणमा लिएको हो।

राजनकुमार केहि समय अगाडी मात्रै मलेसियाबाट नेपाल फर्किएका थिए। लामो समय वैदेशिक रोजगारमा रहेर फर्किएका उनी अब सधैंका लागि नेपाल बस्ने योजना बनाएर फर्किएका थिए।

उनले राति सुतिरहेको अवस्थामा राजनकुमारलाई खुर्पा प्र#हार गरेको अनुसन्धानले देखाएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖