• Wednesday 7th of October 2026

सञ्जय कुमारको दु:खान्त: सिलिन्डर विस्फोटबाट घाइते भए, उपचार गर्न जाँदा पत्नीसहित प्लेन दुर्घटनामा परे


  • धनकुटा खबर
  • .

सोमबार साँझ भारतको झारखण्डअन्तर्गत चतरा जिल्लाको कर्माटान्ड जंगलमा एउटा चार्टर्ड एयर एम्बुलेन्स विमान खस्दा त्यसमा सवार सबै सात जनाकै मृत्यु भयो।जुन विमानमा राँचीबाट बिरामी सञ्जय कुमारलाई राम्रो उपचारका लागि दिल्ली लगिँदै थियो।

तर दिल्ली नपुग्दै विमान दुर्घटना हुँदा उनीसहित पाइलटद्वय विवेक विकास भगत र सवराजदीप सिंह, बिरामी सञ्जयकी श्रीमती अर्चना देवी, उनका भतिजा ध्रुव कुमार, एयर एम्बुलेन्स डाक्टर विकास कुमार गुप्ता र प्यारामेडिकल स्टाफ सदस्य सचिन कुमार मिश्राको मृत्यु भयो।

बीबीसी हिन्दीका अनुसार झारखण्डको लातेहार जिल्लाका ४१ वर्षीय सञ्जय कुमार यही फेब्रुअरी १६ साँझ सतारबर्वामा थिए, जहाँ एलपीजी सिलिन्डर विस्फोट भयो र उनी गम्भीर घाइते भए।यसपछि परिवारले उनलाई राँचीको देवकमल अस्पतालमा भर्ना गरे।उनका कान्छा भाइ सुजित कुमारले भने, ‘६ दिन बितिसक्दा पनि मेरो दाइको अवस्थामा सुधार भएन। यस अवधिमा पन्ध्र लाख रुपैयाँ खर्च भइसकेको थियो। त्यसैले हामीले उनलाई राम्रो उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने निर्णय गर्‍यौँ।’

सुजितले आँसु झार्दै थपे, ‘तर उनीहरूको बाँच्ने भाग्य रहेनछ। त्यसैले भगवानले हाम्रा दाइ, भाउजू र भतिजालाई दुर्घटनामार्फत हामीबाट खोसेर लगे।’

मृतकमध्ये एक मात्र महिला ३२ वर्षीया अर्चना देवी हुन्, जो सञ्जय कुमारकी श्रीमती हुन्।अब उनीहरूका छोराको जिम्मेवारी सञ्जय कुमारका दाजुभाइको काँधमा आएको छ। सञ्जय कुमारका जेठो छोरा यसै वर्ष हाई स्कुलको परीक्षा दिँदै छन् भने कान्छो छोरा ५ कक्षामा पढ्छन्।सञ्जय कुमारसहित चार दाजुभाइ संयुक्त परिवारमा बस्थे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖