• Tuesday 6th of October 2026

पौडी खेल्न गएका १५ वर्षीय रिबज तामाङको शव त्रिशुली नदीमा फेला


  • धनकुटा खबर
  • .

गत फागुन ६ गते त्रिशुली नदिमा पौडी खेल्न गएका नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ कल्लाबारी घर भई हाल विदुर नगरपालिका वडा नं. २ बट्टार दम्कीचोकमा बस्दै आएका १५ वर्षीय रिबज तामाङको शव त्रिशुली नदीमा भेटिएको छ ।

साथीहरुसँग फागुन ६ गत नदिमा पौडी खेल्न गएका उनीको लामो समयदेखि खोजी भइरहेको थियो । उनको शव देविघाट जलविद्युत नजिक सिचाई पुल नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बट्टारको शुभेनियर बोर्डिङ स्कुलमा अध्ययनरत उनको खोजी स्थानिय, आफन्त, नेपाल प्रहरी, सेना र तालिमप्राप्त गोताखोरको टोली उनको खोजी गरेपनि भेटिएको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖