• Tuesday 6th of October 2026

झापामा बालेन शाहमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एक व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । झापामा बालेन शाहमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश भट्ट छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहमाथि गोली प्रहार भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोप छ ।

काठमाडौंको डबली चोकबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖