• Tuesday 6th of October 2026

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला


  • धनकुटा खबर
  • .

जनकपुरधाम । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकीको भित्री सडकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

स्थानीयले शंकास्पद बस्तु देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार शंकास्पद वस्तु भेटिएको पुष्टि भएको छ । घटनास्थलमा सुरक्षा घेरा कायम गरिएको छ ।

सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर वस्तुको प्रकृति र जोखिमबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖