• Tuesday 6th of October 2026

कैलालीमा दुई समूहबीच झडप, प्रहरीले गर्‍यो ६ राउन्ड हवाइ फायर


  • धनकुटा खबर
  • .

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ ।

मंगलबार साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दका अनुसार, प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो ।

उक्त भडपका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा असई ऋसई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे रहेको एसपी चन्दले बताए ।

उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖