• Tuesday 6th of October 2026

बढ्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५१५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ५ हजार ४९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖