• Tuesday 6th of October 2026

एक विवाहित महिलाको अनौठो प्रस्तावः मेरो पतिसँग बस्ने भए मलाई पैसा चाहिन्छ


  • धनकुटा खबर
  • .

बैंकक । सामान्यतया पतिको सवालमा महिला कुनै प्रकारको सम्झौता गर्दैनन् । तर एक महिलाले आफ्नो पति अर्कालाई सुम्पिएबापत मासिक रकमको माग गरेको तथ्य प्रकाशमा आएको छ ।

यो घटना थाइल्याण्डको लोकप्रिय टेलिभिजन शो ‘होन क्रासे’मार्फत प्रकाशमा आएको हो, जहाँ खुन क्वाङ्ग नाम गरेकी महिलाले आफ्नो अनुभव सुनाएकी थिइन् ।

क्वाङ्गका अनुसार कलेज जीवनमै परिचित युवकसँग उनले विवाह गरेकी थिइन् । ३१ वर्षीय क्वाङ्गले २१ वर्षकै उमेरमा ती युवकसँग विवाह गरेको बताइन् । उनीहरूको ८ वर्षीय एक सन्तान रहेको बताइएको छ ।

सन् २०२५ को बिचमा क्वाङ्गलाई पतिमाथि शङ्का लाग्न थाल्यो । पतिको जीवनमा अर्की कुनै महिला रहेको आशङ्का अनुसार उनले एक जनालाई १० हजार भाट तिरेर सुराकीका रूपमा परिचालन गरिन् ।

ती सुराकीले पहिलो दिनमै क्वाङ्गलाई भरपर्दो सूचना दिए । आफ्नो पति एक महिलाको घरमा जाने गरेको सूचना पाएपछि क्वाङ्ग उक्त घरमा पुगिन् तर त्यहाँ उनले पतिलाई भेटिनन् । पछि क्वाङ्गले आफ्ना पति र ती महिलालाई सँगै राखेर सोधपुछ गरिन् ।

यस क्रममा ती महिलाले क्वाङ्गलाई जबाफ दिइन्, ‘ऊ विवाहित छ र उसको बच्चासमेत छ भन्ने कुरा मलाई थाहा थियो ।’

त्यसपछि क्वाङ्गले ती महिला समक्ष प्रस्ताव राखिन्, ‘यसका बाबजुद मेरो पतिसँग बस्ने हो भने मलाई प्रत्येक महिना ३० हजार भाट तिर्नुपर्छ ।’

ती महिलाले क्वाङ्गको प्रस्ताव स्वीकार गरिन् तर क्वाङ्गका पतिले अस्वीकार गरे ।

पतिलाई भाडामा लगाउने विषय कानुनी रूपमा मान्य नहुने सुझाव कानुनविद्हरूले दिएपछि क्वाङ्गले ती महिलाविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖