काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
१० ग्राम चाँदीको मूल्य भने ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
