• Tuesday 6th of October 2026

बर्खामास बिर्साउने गरी पर्‍यो पानी, कहिलेसम्म पर्छ?


  • धनकुटा खबर
  • .

काठमाडौ । बर्खामास बिर्साउने गरी काठमाडौंमा झमझम झरी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टा (साँझ ५ः४५ बजे) मा काठमाडौंको बबरमहल केन्द्रमा २०.४ मिलिमिटर परेको छ।

त्यस्तै अपराह्न ५ः३० बजे लमजुङको बेसीसहरमा २५.२ मिलिमिटर परेको थियो।

मौसमविद विनोद पोखरेलले प्रिमनसुन हो कि मनसुन छुट्टाउन गारो हुने गरी देशका विभिन्न भूभागमा वर्षा भइरहेको बताएका छन्।

अहिले पनि वर्षा गराउने प्रणाली सक्रिय रहेकाले धेरै ठाउँमा मध्यम वर्षा (१० देखि ५० मिलिमिटरसम्म) र केही ठाउँमा भारी वर्षा (५० देखि १०० मिलिमिटरसम्म वर्षा भइरहेको छ।

आज रातभरिनै असिनापानी, हावाहुरी र चट्याङको सम्भावना भएकोले सकभर बाहिर ननिस्कन उनले सुझाव दिएका छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖