• Wednesday 7th of October 2026

अर्जुननरसिंहले सांसदको सपथ लिँदै गर्दा रौतहट कांग्रेस सभापतिको हृदयघातबाट निधन


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रपतिबाट आज जेष्ठ सदस्य कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सपथ लिएका छन् ।

आजै नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको निधन भएको छ । हृदयघातका कारण साहको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको असामयिक निधनले अत्यन्त मर्माहत बनाएको र पार्टीले एक योद्धा गुमाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिनाले बताए ।

साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस, मधेश–प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले साहको निधनले स्तब्ध बनएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖