• Tuesday 6th of October 2026

एक होटलमा पोखराकी युवती मृत फेला


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा युवती मृत फेला परेकी छन् ।

जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान ११ बजेतिर उनी ढल्केवरको जुन तारा स्टापलाइन होटेलमा मृत फेला परेको खबर आएको थियो । उनी त्यही होटेलमा काम गर्थिन् ।

आज बिहान साढे ८ बजेतिर आमा सीता विकसँगै उनी होटेलमा पुगेकी थिइन् । होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖