• Tuesday 6th of October 2026

घुस रकम सहित प्रहरीको सई अख्तियारको फन्दामा


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरी वृत्त मालिगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)लाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालिगाउँमा कार्यरत ३५ वर्षीय सई दिनेश राउत छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउन सहजिकरण गरिदएबापत उनले २० हजार रकम लिएको अख्तियारले जनाएको छ ।

उनलाई काठमाडौं महानगरपालिका–५ गहनापोखरी स्थित ग्रिन क्याफेबाट मंगलबार सेवाग्राहिसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका एक अधिकृतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖