• Tuesday 6th of October 2026

बलेमाथि अनुसन्धान भैरहेको छ, भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण नगरौं : प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं । जिल्ला प्रहरी परिसरले कलाकार सागर लम्साल ‘बले’माथि अभद्र व्यवहार गर्नु नहुने कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता पवनकुमार भट्टराईले सामाजिक सञ्जालमा भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा ५ दिनको म्याद थप भइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भनेको छ, ‘उक्त सन्दर्भमा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समाचार एजेन्सीको नाममा संचालित एकाउन्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा, सूचना सम्प्रेषित भएको प्रति ध्यानाकृष्ट भएको छ । अभद्र व्यवहार गर्न नहुने कसुरमा भ्रामक तथा अप्रमाणित सूचना सम्प्रेषण नगर्न, नगराउनको लागि सबैमा हार्दिक अनुरोध गरिन्छ ।’

अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि प्रहरीले शनिबार बिहान लम्साललाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

उनको पक्राउपछि सामाजिक सञ्जालमा व्यापक टिका टिप्पणी भैरहेका थिए । अभिनेता लम्साल फिल्म र टेलिभिजन श्रृंखलामा ‘बले’ नामक पात्रको कारणले दर्शकमाझ चर्चित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖