• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

लिङ्ग विवादलाई चिर्दै लिन यु-टिङले एसियाली खेलकुदमा जितिन् स्वर्ण पदक


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ असोज।  लिङ्गसम्बन्धी विवादमा परेकी ताइवानकी बक्सर लिन यु-टिङले स्वर्ण पदक जितेकी छन्।

 

तीन वर्षअघि हाङझाउमा ५७ केजी तौल समूहमा सफलता हात पारेकी लिनको एसियाली खेलकुदमा यो दोस्रो स्वर्ण पदक हो।

 

पेरिस ओलम्पिक २०२४ मा लैङ्गिक पहिचानसम्बन्धी ठूलो विवादमा परेकी ओलम्पिक च्याम्पियन ताइवानी बक्सर लिन यु-टिङले एसियाली खेलकुदमा पुन: स्वर्ण पदक हात पारेकी हुन्।

 

जापानको निशियोमा शुक्रबार भएको महिला ६० केजी तौल समूहको फाइनलमा लिनले चीनकी याङ चेङ्युलाई ५-० ले पराजित गरिन्। यसअघि चीनको हाङझाउमा आयोजित एसियाली खेलकुदको ५७ केजी तौल समूहमा स्वर्ण जितेकी लिनको लागि यो प्रतियोगितामा लगातार दोस्रो स्वर्ण हो।

 

नागोयाको दक्षिण-पूर्वमा रहेको निशियो जिम्नेजियममा ताइवानकी यी ३० वर्षीया खेलाडीलाई त्यहाँ उपस्थित समर्थकहरूको सानो समूहले हौसला दिइरहेको थियो। प्रतिद्वन्द्वीभन्दा अग्लो कदकी लिनले आफ्नो ‘रिच’ (हातको पहुँच) को फाइदा उठाउँदै खेलमा पकड जमाइन् र तेस्रो तथा अन्तिम राउन्डसम्म आइपुग्दा स्पष्ट अग्रता बनाइन्।

 

उनले याङको अन्तिम समयको आक्रमणलाई सफलतापूर्वक रोक्दै संयमित ढङ्गले स्वर्ण पदकको खुसी मनाइन्। पेरिस ओलम्पिकपछि सन्यास लिने विचार गरेकी लिनले आफ्नो योग्यतामाथि प्रश्न उठाउनेहरूलाई चुनौती दिन खेललाई निरन्तरता दिएको बताएकी छन्।

 

सन् २०२३ को विश्व च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय बक्सिङ सङ्घले ताइवानकी लिन र अल्जेरियाकी इमाने खेलिफलाई ‘लिङ्ग योग्यता परीक्षण’ मा असफल भएको भन्दै अयोग्य घोषित गरेको थियो। यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक समितिले बदनाम संघको उक्त कदमलाई “अचानक र मनपरी निर्णय” भन्दै उनीहरूलाई पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अनुमति दिएको थियो, जहाँ दुवै खेलाडीले स्वर्ण पदक जितेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖