• Sunday 18th of October 2026

यमन नजिकै साउदी हेलिकप्टर दुर्घटना, गोली हानेर खसालिएको दाबी


  • धनकुटा खबर
  • .

एजेन्सी । साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीसँग लडाइँका बिच आफ्नो हेलिकप्टर दुर्घटना भएको र दुई पाइलटको मृत्यु भएको बताएको छ।

बीबीसी न्युज अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण सीमानजिकै एक जासुसी हेलिकप्टर दुर्घटना भएको बताएको हो।

हुथीसँग द्वन्द्व बढेपछि साउदीले आफ्नो सैन्य कर्मचारी क्षति भएको पहिलोपटक बताएको हो।

यसैबिच आइतबार बिहान अन्सार अल्लाह समूहसँग सम्बद्ध यमनी सशस्त्र सेनाका प्रवक्ता याह्या सारीले साउदी निर्मित कारियल प्रकारको सशस्त्र जासुसी विमानलाई गोली हानेर खसालिएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘तनाव बढेयता खसालिएको यो विमान यस प्रकारको चौथो र यमनी हवाई क्षेत्रमा प्रवेश गरेको सातौँ हो।’

साथै समाचार एजेन्सी एएफपीका अनुसार साउदीको राजधानी रियादका बासिन्दाले आइतबार बिहान आफ्नो फोनमा ‘हवाई खतरा’को चेतावनी प्राप्त गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖