• Thursday 22nd of October 2026

लोक सेवा तयारी गरिरहेका युवक मृत फेला


  • धनकुटा खबर
  • .

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्।

अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र रोकाया वीरेन्द्रनगर–८ स्थित नवीनकुमार केसीको घरमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रोकाया बिहीबार बिहान आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए। उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए।

रोकाया विगत एक वर्षदेखि लोक सेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा सोको (SOCO) सहितको प्रहरी टोली परिचालन गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖