• Sunday 25th of October 2026

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, कोशीसहित पाँच प्रदेशमा बढी प्रभाव


  • धनकुटा खबर
  • .

काठमाडौँ। बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढ्ने भएको छ।

मौसमविद्हरूका अनुसार बिहीबार रातिदेखि शुक्रबार रातिसम्म प्रभाव बढी देखिनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने अनुमान छ।

केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पर्यटकलाई यात्राअघि मौसमको जानकारी लिन र किसानलाई काट्न तयार भएको धान सुरक्षित रूपमा भित्र्याउन सुझाव दिइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖