काठमाडौं । नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास भइरहेको छ।
तर अहिलेसम्मको मौसम विश्लेषण अनुसार त्यसले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन।
यद्यपि नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्ने जनाइएको छ।
सूचनामा अगाडि भनिएको छ, त्यसैले, विभागबाट जारी हुने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हुेर्नुहुन सर्वसाधारण तथा सरोकारवालाहरूमा अनुरोध छ।
