• Monday 2nd of November 2026

इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याइयो


  • धनकुटा खबर
  • .

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको छ।

इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार केसीलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार गरिनेछ।

टाइप–२ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमशः बिग्रिँदै गएपछि थप विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।

विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामस्थित नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई यसअघि इलाम अस्पतालमा समेत भर्ना गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖