• Monday 2nd of November 2026

ड्युटीमा खटिएकी नर्समाथि हातपात गर्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

पर्वत । पर्वतमा अस्पतालमा ड्युटीमा खटिएकी नर्समाथि हातपात तथा कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका–५ स्थित प्रदेश अस्पताल कुश्माको अन्तरङ्ग शाखामा कात्तिक १५ गते राति करिब १२:०५ बजे मादक पदार्थ सेवन गरी आएका कुश्मा नगरपालिका–२ खुर्कोटका २७ वर्षीय दीपक शर्मा अस्पतालमा अशान्ति मच्चाउँदै अस्वाभाविक व्यवहार देखाएका थिए।

सोही क्रममा ड्युटीमा खटिएकी २२ वर्षीया नर्सले सम्झाइबुझाइ गर्दा शर्माले गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरीले उनलाई अस्पतालबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

पर्वत जिल्ला अदालतबाट थप अनुसन्धानका लागि सात दिनको म्याद थप भई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖