• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

तिहारमा भाई मसला बनाउन म्याद गुज्रिएका चकलेट र पटाकाजन्य विस्फोटक पदार्थसहित एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । तिहारमा भाइटीकाको मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका चकलेट तथा अवैध पटाका बिक्री वितरण गरेको आरोपमा काठमाडौंमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–६ तिनचुली चोकस्थित डेरामा बस्दै आएका भारतको मोतिहारी निवासी २९ वर्षीय रमन कुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार दिउँसो करिब ३ बजे प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको डेरामा जाँच गर्दा ठूलो परिमाणमा पटाकाजन्य विस्फोटक पदार्थ र म्याद गुज्रिएका खाद्य सामग्री फेला पारेको थियो।

प्रहरीले विभिन्न ब्रान्डका पटाका, झिरझिरे तथा अन्य विस्फोटक पदार्थसहित ९४० प्याकेट चकलेट, ४९० प्याकेट तिहार स्पेसल भाइ मसला, ३१५ प्याकेट भाइ मसला कचौरा, एक किलो बिग्रिएको नरिवल र १० किलो चकलेट बरामद गरेको जनाएको छ।

पक्राउ परेका पटेललाई बरामद सामग्रीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖