काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका सैफ हसनले ४८ बलमा ५ छक्का र २ चौकासहित अविजित ७१ रन बनाए पनि टोली जित दिलाउन सकेनन् । विशाल शुस्लिङले ३० बलमा ३ छक्का र २ चौकासहित ४३ रन बनाए ।
विराटनगरका आन्द्रे रसेलले ४, एन्जोलो म्याथ्युसले २ र रुपेश सिंहले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो ।
विराटनगरका इमरान शेखले ४० बलमा २ छक्का र ५ चौकासहित ५६ रन बनाए । यस्तै आन्द्रे रसेलले २९ बलमा ३ छक्का र २ चौकासहित विस्फोटक अविजित ५२ रन प्रहार गरे ।
लाेकेश बमले ४० बलमा ३ छक्का र ३ चौकासहित ५० रनसहित अर्धशतक बनाए । जनकपुरका अभिषेक तिवारीलेले २ र मोइन अली १ विकेट लिए ।
